site stats
बाह्रखरी :: Baahrakhari
देश
मिथिला बिहारीका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवलगायत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रममा पाँच लाख ३४ हजार ७१० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मिथिला बिहारी नगरपालिकाका लेखापाल सुभाषकुमार झा, जिन्सी शाखाका प्रमुख उपेन्द्र यादव मजदुर होजियारी उद्योगका प्रोपाइटर रामसुन्दर साह तेली रहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा मिथिला बिहारी नगरपालिकामा–९ स्थित आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमअन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्यितारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले आपूर्तिकर्ताको झुट्टा दरभाउ पत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराई सामग्री गरिद गरी पाँच लाख ३४ हजार ७१० रुपैयाँ भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्