site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णाली राजमार्ग एकतर्फी खुल्यो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मान्म (कालीकोट) । अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द राजमार्ग आज अपराह्नदेखि एकतर्फी खुला भएको हो ।

जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताए । रासस

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्