site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस मुख्य सचेतकमा घिमिरे
कांग्रेस संसदीय दल बैठकको दृश्य । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा सांसद श्यामकुमार घिमिरेलाई मनोनयन गरिएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार घिमिरेलाई उक्त पदमा मनोनयन गरेका हुन् ।

“...उक्त पदमा नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४)को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य माननीय श्री श्यामकुमार घिमिरेज्यूलाई मनोनयन गर्नुभएको छ,” दलको नेताको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस मुख्य सचेतक यसअघि रमेश लेखक थिए । उनी हालै गृहमन्त्री भएपछि उक्त पद रिक्त थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्