site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमतले भन्यो– चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक, हस्तक्षेप नेपाली जनताले सहँदैन 

काठमाडौं । चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जाल एक्समा व्यक्त गरेको धारणाप्रति जनमत पार्टीले निन्दा गरेको छ ।

गएको असार २८ मा त्रिशूली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाएको थियो । सोही कारण चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पार्टी संसदीय दलको उपनेता अब्दुल खानले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए । 

“एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुखमा नुनचुक निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ,” उनले भने, “यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनै पनि देशको राजदूतले गर्न सक्दैन । नेपाली जनताले सहन सक्दैन ।”

उनले सामाजिक सञ्जालमा एक्समा समाचार सेयर गर्दै हराएको बस खोज्न ल्याइएको चुम्बक हराएकोमा पहिले चुम्बक खोज भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्