site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले रिक्सा बगायो, चालक बेपत्ता
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तुलसीपुर । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति अटोरिक्सा बगाएको छ । 

बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।  

बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्