site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्छ : गजुरेल
फाइल तस्बिर ।

झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । झापाको बिर्तामोडमा शनिबार पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

“वि.सं. २०७० मा संविधानमा माओवादीको एजेन्डा स्थापित हुन नदिन गठबन्धन भएको थियो । त्यो बेला सदन र सडकबाट संघर्ष गरेर संविधान निर्माण गरेका थियौँ । अब पनि माओवादी घटक मिल्नुको विकल्प छैन,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारलगायत विषयमा जनपक्षीय काम गरेको उनले उल्लेख गरे ।

त्यस अवसरमा टाइसन केरुङले आफूसँगै समाजवादी युवासंघ नेपालको सिंगो कमिटी माओवादीमा प्रवेश गरेको बताए । उनले भने, “संघीयता, धर्मनिरपेक्षता, पहिचानलगायत मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि हामी माओवादीमा प्रवेश गरेका हौँ ।”

पार्टीका कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकको राजनीतिक परिवर्तनमा माओवादीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।  प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको उनको भनाइ थियो ।

पार्टीका कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीलाई सबल र मजबुद बनाउन निरन्तर लागिरहने बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्