site stats
बाह्रखरी :: Baahrakhari
देश
खाडी देश पठाइदिन्छु भन्दै ८५ जनासँग झन्डै दुई करोड उठाएर फरार गुनेश समातिए 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीको नाममा झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने सिराहाको कर्जन्हा नगरपालिका–६ बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार गुनेशले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभन देखाई ८५ जना पीडितहरूबाट एक करोड ९७ लाख १७ हजार रूपैयाँ उठाई ठगी गरेका थिए । 

गुनेशले काठमाडौंको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम उठाएको प्रहरीको भनाइ छ ।

पीडितबाट पैसा उठाएपछि गुनेश सम्पर्कविहीन भएका थिए । पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्