site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनजन्य विपद्का घटना : करिब दुई महिनामा १६७ जनाले गुमाए ज्यान, ५० बेपत्ता
गोरखामा गएको पहिरो । फाइल तस्बिर ।

काठमाडौं । मनसुनजन्य विपद्का घटनामा परी पछिल्लो करिब दुई महिनाको अवधिमा नेपालमा १६७ जनाले ज्यान गुमाएका छन् ।

२०८१ जेठ २८ देखि साउन २३ गते दिउँसोसम्मको अवधिमा उनीहरूले बाढी, पहिरो, चट्याङ लगायतका मनसुनजन्य विपद्का घटनामा परी ज्यान गुमाएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रहरीका अनुसार मनसुनजन्य विपद्का घटनामा परी काठमाडौं उपत्यकामा तीनजना, कोसी प्रदेशमा २५, मधेसमा ६, वाग्मतीमा ३०, गण्डकीमा ५२, लुम्बिनीमा ३३, कर्णालीमा आठ, र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ११ जना, कोसी प्रदेशमा ३७, मधेसमा १०, वाग्मतीमा १९, गण्डकीमा ४४, लुम्बिनीमा १३, कर्णालीमा ५१ र सुदूरपश्चिममा १४ गरी १९९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी कोसीमा दुईजना, वाग्मतीमा ४२, गण्डकीमा चार, कर्णालीमा एक र सुदूरपश्चिममा एक गरी ५० जना बेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

गत जेठ २८ गतेयता आएको बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २७२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्