site stats
बाह्रखरी :: Baahrakhari
कला
आतंककारी हमलाको तयारी पत्ता लागेपछि टेलर स्वीफ्टको कन्सर्ट रद्द
फाइल तस्बिर : एएफपी ।

भियना । अस्ट्रियाको भियनामा निर्धारित चर्चित अमेरिकी गायिका तथा रचनाकार टेलर स्वीफ्टको कन्सर्ट रद्द गरिएको छ । त्यहाँ आतंककारी हमलाको योजना खुलेपछि कन्सर्ट रद्द गरिएको हो ।

उनको ‘ब्लक बस्टर इराज टुर’अन्तर्गत भियनामा तीन कन्सर्ट गर्ने कार्यक्रम तय थियो । तर, त्यहाँ आतंककारी हमला गर्ने तयारीमा रहेका दुई व्यक्ति पक्राउ परेपछि कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले युरोपेली सहर भियनामा बिहीबारदेखि शनिबारसम्म तीन कन्सर्ट गर्ने तय थियो ।

स्थानीय अर्नस्ट हापेल स्टेडियममा आक्रमण गर्ने आतंककारीको योजना सरकारी अधिकारीबाट ‘कन्फर्म’ गरिएपछि आफूहरूसँग कुनै विकल्प नभएकाले सबैको सुरक्षाका निम्ति तीनदिने पूर्वनिर्धारित शो रद्द गरिएको बाराकुडा म्युजिकले बुधबार आफ्नो अनलाइन पोस्टमा जनाएको छ ।

स्वीफ्टको आधिकारिक वेबसाइटले पनि त्यहाँको कन्सर्टलाई रद्दको सूचीमा राखेको छ ।

प्रहरीले भियनामा पत्रकार सम्मेलन गर्दै इस्लामिक स्टेटप्रति सहानुभूति राख्ने एक १९ वर्षीय अस्ट्रियन नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

अर्का व्यक्ति समेत दुवैलाई बुधबार बिहान पक्राउ गरिएको थियो । आतंककारी आक्रमणका निम्ति उनीहरूले सबै पूर्वतयारी गरेको पाइएको प्रहरीले जनाएको छ । सीएनएनबाट ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्