site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सोमबार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरिएको हो ।

अब पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार बैठकमा चित्रलेखा यादव, मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, गोपाल दहित, मधु आचार्यसहित धारणा राखेका थिए ।

महतका अनुसार धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका विषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।

आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जनसहति पारित गर्ने र समसामायिक विषयमा समेत निर्णय लिने उनले बताए ।

 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्