site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बंगलादेशलाई कूटनीतिक माध्यमबाट सचेत गराउन माग 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सांसदले बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध समुदायबीच भइरहेको अमानवीय व्यवहारप्रति नेपाल मौन रहन नहुने बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद किरणकुमार साहले नेपालले कूटनीतिक माध्यमबाट सचेत गराउनुपर्ने बताए । “बंगलादेशको मौन समर्थनमा अतिवादी समूहहरूले त्यहाँका हिन्दु र बौद्ध समुदायमाथि अमानवीय कुकृत्य जारी राखेको छ ,” उनले भने, “नेपाल यी दुवै धार्मिक उद्गमस्थल रहेकाले अन्तर्राष्ट्रिय मानवअधिकार सन्धीको समेत पक्ष राष्ट्र रहेकाले नेपालले बंगलादेशलाई कूटनीतिक माध्यमबाट सचेत गराउनुपर्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहले आगामी दिनमा उस्तै खाले धार्मिक अतिवादको सिकार नेपाली हुन सक्ने बताए । नेपालभित्रै हिन्दु र बौद्ध समुदायमा हुनसक्ने हिसांका विषयमा समयमा नै कदम चाल्न पनि आग्रह गरे । 

त्यस्तै, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल मौन रहेकोमा दुःख व्यक्त गरे । “बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मालम्बीहरूमाथि भएको क्रूर आक्रमणको घोर निन्दा गर्दै सरकार यसमा मौन रहेकोमा दुःख व्यक्त गर्छु,” उनले भने । बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्