site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दूध किसानको रकम भुक्तानी गर्न मन्त्रिपरिषद्‌ले स्वीकृत गर्‍यो ६० करोड ऋण

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्ने सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानहरूको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भदौ १७ गते अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि सहमति दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानहरूको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्