site stats
बाह्रखरी :: Baahrakhari
देश
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन् । आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राउतले शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले आजै राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्