site stats
बाह्रखरी :: Baahrakhari
कला
हिन्दी सिनेमालाई प्राथमिकता दिएको भन्दै निश्चलले दिए हलको विकल्प खोज्ने चेतावनी

काठमाडौं । निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई  सिनेमा हलले प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले असन्तुष्टि जनाउँदै हलको विकल्प खोज्ने चेतावनी दिएका छन् । 

नेपाली चलचित्रको राम्रो प्रतिकृया, दर्शकको साथ र समीक्षा राम्रो भए पनि शो भने हलले हिन्दी सिनेमालाई दिएको आरोप लगाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाइँहरू चाहिँ हिन्दी फिल्मलाई नै शो दिइराख्नु है,” निश्चल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “फिल्म ...जस्तो हुँदा पनि । म चाहिँ हलको विकल्पतिर लागेँ ।” 

निश्चलको लगानी तथा अभिनय रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ अहिले पनि प्रदर्शनरत छ । यो चलचित्रमा निश्चल र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । लगानी पनि उनीहरू दुवैको हो ।

गत वर्ष निश्चलको निर्देशन रहेको सिनेमा ‘दिमाग खराब’ प्रदर्शन हुँदा हलले ५० प्रतिशत सेयर नदिए सिनेमा नै उतार्ने चेतावनी दिएपछि प्रदर्शकहरू निर्मातालाई ५० प्रतिशत सेयर दिन तयार भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्