site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जाजरकोट भूकम्प र बाढीले क्षति पुर्‍याएका घरको पुनर्निर्माण सँगै अघि बढ्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असोजमा बाढीले क्षति पुर्‍याएका र अघिल्लो वर्ष जाजरकोट लगायतका क्षेत्रमा भूकम्पले क्षति पुर्‍याएका घरको पुनर्निमाण सँगै अघि बढ्ने बताएका छन् । सरकारको सय दिन पुगेको अवसमा उनले भूकम्प अस्थायी बासको निर्माणमा नै अल्झिएको बताए ।

“एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा भूकम्पले गहिरो चोट पुर्‍याएको थियो । ती स्थानहरूको पुनर्निर्माण कार्य त सुरु नै भइसक्नुपर्ने थियो । तर, स्रोत व्यवस्थापनको लागि गर्नै पर्ने क्षतिको विस्तृत आकलन (डीडीए) समेत भएको रहेन छ, अस्थायी वासका लागि दिइने २५ हजार राहतमै पुनर्निर्माण कार्य अल्झिएको रहेछ,” ओलीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनल उक्त क्षेत्रमा निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय भइसकेको पनि बताए । 

“हामीले यस समस्यालाई समेत सम्बोधन गर्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट क्षतिको विस्तृत आकलन पूरा गर्दै, ती ठाउँमा स्थायी निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेका छौँ,” ओलीले भने, “हाम्रो उद्देश्य पीडित जनताको जीवनमा स्थिरता र सुरक्षा फिर्ता ल्याउनु हो ।”

ओलीले भूकम्प र बाढी पहिरोबाट क्षति भएका नागरिकको आवास पुनर्निमाण सँगसँगै अघि बढ्ने बताए । 

“अब, एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घरहरू र यस वर्षको बाढी र पहिरोले पीडित नागरिकहरूको आवास पुनर्निर्माण सँगसँगै अघि बढ्ने छ,” ओलीले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्