site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

बनियानी (झापा)  । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । 

झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहाेर देखिने हुन्छ”, उनले भने, “सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” 

धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उनले बताए । 

जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’ रोग देखिएको हो । जिल्लामा लगाइएको अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने हुने प्रमुख विष्टले बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्