site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि सोमबार
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि फ्रन्टलाइन अस्पतालमा उपस्थित कानुन व्यवसायीलगायत व्यक्तिहरू । तस्बिर : न्युज एजेन्सी नेपाल ।

काठमाडौं । ८३ वर्षको उमेरमा आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार (भोलि) गरिने भएको छ । काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुंगानाको सोमबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ढुंगानाको निधनको खबर पाएपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत अधिकारी फ्रन्टलाइन अस्पताल पुगेका थिए ।

त्यसक्रममा उपसभामुख रानाले आफूले ढुंगानालाई अभिभावकका रूपमा लिएको र उनको निधनप्रति निकै दुःख लागेको बताइन् ।

यस्तै, बार अध्यक्ष घिमिरेले ढुंगानाले नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका निकै स्मरणीय रहेको बताए । ढुंगाना निष्ठामा बाँच्ने आदर्श व्यक्तित्व भएको उनले उल्लेख गरे ।

ढुंगाना ०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट उमेदवार बन्दै काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी ०४८ देखि ०५१ सम्म सभामुख बनेका थिए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्