site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाउन ढुंगानाको अविष्मरणीय योगदान : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाउन अविष्मरणीय योगदान गरेको बताएका छन् । सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानोगौचरण पुगेका उनले यस्तो बताएका हुन् ।

उनले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वका रूपमा नेपाली जनताले सधैँ सम्झिरहने बताए । ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय रहेको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रूपमा नेपाली जनताले सधैँ सम्झिराख्नेछन्,” उनले भने, “उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा शोकाकुल परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गर्दछु ।”

उनले अगाडि भने, “शान्ति सम्झौताको तयारीको क्रममा उहाँसँग विशेष सम्बन्ध भयो ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्