site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकामा तीन शव भेटिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार तीनजना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एकजना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।  

उनका अनुसार नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरपालिका–१६, माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटेलमा आज मृत अवस्थामा फेला परेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजै काठमाडौं–१६, माछापोखरी मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत भेटिएका प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । 

त्यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

तीनवटै शवलाई परीक्षणका लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्