site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मंसिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्