site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंलाई क्यान्सरको उपचार गराउन सर्वोच्चको निर्देशनात्मक आदेश 

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको क्यान्सरको उपचार गराउन अनुसन्धान निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै उपचारका लागि निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशको पाठ बिहीबार सार्वजनिक भएको हो ।

प्रसाईंको तर्फबाट काठमाडौं जिल्ला अदालतले यही मंसिर ९ मा दोस्रोपटक म्याद थप गर्दा सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्नू भनेको आदेशको पालना नभएको निवेदन दायर भएको थियो । जसमा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...र, निवेदकले यस अदालतमा जीवन रक्षाका लागि स्वास्थ्य उपचारका व्यवस्था गरिपाऊँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सरजस्तो संवेदनशील रोगको गाम्भीर्यता समेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नू,” आदेशमा भनिएको छ ।

सर्वोच्चले काठमाडौं जिल्ला अदालतजस्तो सक्षम निकायबाट म्याद थप भएर नै थुनामा राखी अनुसन्धान भइहेको भन्दै गैरन्यायिक थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।

प्रसाईंले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्बभन्दा बढीको सेयर रहेको भन्दै सार्वजनिक गरेका कागजातमा प्रश्न उठेपछि उनलाई मंसिर ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्