site stats
बाह्रखरी :: Baahrakhari
देश
लरेन्स बिश्नोई समूहको नामबाट व्यवसायीलाई 'धम्की दिने' पक्राउ, दुर्गा प्रसाईं पनि जोडिए

काठमाडौं । भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिलाई भारतीय नम्बरबाट फोन तथा मेसेज गरेर धम्की दिएको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय हरिचन्द्र फुयाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले फोन तथा मेसेजमा आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको सदस्य बताउँथे । त्यसक्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्न बताउँथे । अन्यथा ज्यान लिने धम्कीसमेत दिन्थे । उनले व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिने काम मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा गरेको बयान दिएका छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्