site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखविरुद्ध जनमत पार्टीको आरोपबारे संसद् सचिवालयको जवाफ 

काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेमाथि लगाएको आरोपको जवाफबारे संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गरेको छ ।

जनमतले आफ्नो पार्टीकी सांसद गोमा लाभ (सापकोटा)लाई अनुशासनको कारबाहीसहित पार्टीबाट निष्कासन गरेको झन्डै एक वर्षमा सभामुखले कारबाही कार्यान्वयन नहुने निर्णय गरेपछि आफ्नो पार्टीविरुद्ध रंगभेदी निर्णय भएको आरोप लगाएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त आरोपको खण्डन गर्दै संघीय संसद् सचिवालयको तर्फबाट अनन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेका हुन् ।

“मिति २०८१/०८/१७ गते प्रतिनिधिसभा सदस्य माननीय गोमा लाभ (सापकोटा)का सम्बन्धमा जनमत पार्टीबाट जारी भएको प्रेस विज्ञप्तिप्रति संघीय संसद् सचिवालयको ध्यानाकर्षण भएको छ । संघीय संसद् सचिवालयबाट कुनै पनि जातजाति, वर्ण, रंग, लिंग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका कुनै पनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पार्न चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ, “जनमत पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय गोमा लाभ (सापकोटालाई पार्टीको विधान बमोजिम कारबाही गरी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भनि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिमको प्रक्रिया अगाडि बढाइदिन संघीय संसद्को महासचिवलाई सम्बोधन गरी पत्र लेखी आएपछि संघीय संसद् सचिवालयले सो विषयमा नेपालको संविधान र सम्बन्धित कानुनहरूरु (प्रतिनिधिसभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३) का प्रावधानहरूको व्यवस्था बमोजिम निर्णयार्थ पेस गरेको र सम्माननीय सभामुखले कानुन बमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।”

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्