site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले लिइन् शपथ

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मंगलबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उमेदवार बनेकी थिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त पदका निम्ति गएको मंसिर १६ गते उपनिर्वाचन भएको थियो । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित भएकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्