site stats
बाह्रखरी :: Baahrakhari
देश
टिपर दुर्घटनामा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

वाग्मती । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५, झाँक्रीडाँडानजिकै आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बकैयाको हात्तीसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरी जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसैमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृत्यु हुनेमा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । रासस

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २३:००
प्रतिक्रिया दिनुहोस्