site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय महाधिवेशन सम्पन्न भएको ६ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिएको छ ।

पार्टी स्थायी कमिटीको बैठकबाट गरिएको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ ।

यस्तै, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोसी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी प्रदेश इन्चार्जको जिम्मा दिइएको छ ।

सचिव श्रीनाथ बराललाई गण्डकी प्रदेश इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ  ।

युवा विभाग इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए । रासस

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्