site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला
फाइल तस्बिर ।

धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार कैलालीमा आयोजित कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघको प्रथम अधिवेशनमा उनले पार्टीमा कसैलाई काखा र पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्छ भने । पार्टीका धेरै नेता–कार्यकर्ताले आफूहरूले न्याय नपाएको गुनासो गरेका उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता कोइरालाले भने, “पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ ।”

त्यस अवसरमा कांग्रेसका नेता डा. सुनील शर्मा, सञ्जयकुमार गौतम, हृदयराम थानी, डा. गोविन्द पोखरेल, नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाललगायत वक्ताले पार्टी संगठन विस्तार एवं एकतामा जोड दिएका थिए । रासस

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्