site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर हुनुपर्छ : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको बताएका छन् । सोमबार समितिको बैठकमा माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका थिए । 

त्यसलगत्तै बोलेका एमाले सांसद भट्टराईले समिति सभापति ऋषिकेश पोखरेलप्रति लक्षित गर्दै आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरूमाथि डन्डा चलाउन सकिने बताए । उनले भने, ‘‘सभापतिको श्रीमती अदालतमा हाजिर हुन जानुपर्छ, जानुहुन्छ । न्यायिक निरुपणमा जानुहुन्छ भन्ने विश्वास छ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिको सभापति कुन पार्टीको बनाउने भनेर निर्वाचनअघिको भद्र सहमतिका आधारमा बनाइएकाले राजनीतिक तहमा समझदारी गरेर उपसभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत सबै पदाधिकारी अदलबदल गर्न सकिने उनले बताए । 
 
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले समितिमा अदलबदल गर्नुपर्ने भए नेतृत्व तहबाट हल गरेर जानुपर्ने बताए । सभापति दलगत प्रतिनिधित्व गरेर आएको भन्दै उनले लेखा समिति सभापतिकी श्रीमती सहकारीमा जोडिएको कुरा न्यायिक निरुपणको विषय भएको बताए । 

समितिमा उठेको प्रश्नबारे जवाफ दिँदै समिति सभापति पोखरलले आफूले कानुन र प्रशासनमा विश्वास गर्ने बताए । आफ्नो दलले फिर्ता बोलाएमा राजीनामा गर्न आफू तयार रहेको उनको आशय थियो । उनले भने, ‘सबै दलीय सांसद हौँ । दलको निर्णय मान्ने हो । दलको निर्णय मान्न बाध्यकाारी हुन्छौँ ।’

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्