site stats
बाह्रखरी :: Baahrakhari
देश
हेटौँडामा भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा आज साँझ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । 

हेटौँडाबाट काठमाडौं जाँदै गरेको  बीआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१  चौकीटोल निवासी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी स्कुटरमा पछाडि सवार सोही ठाउँका २५ वर्षीया बबिता लामा घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने कार र चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण निवासी २४ वर्षीय सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्