site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतन्त्रको सुन्दर पक्ष नै विचार अभिव्यक्तिको स्वतन्त्रता : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यविरुद्ध लड्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई पद हस्तान्तरण समारोहमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । 

विचार मिले स्वतन्त्रताका कुरा निकाल्ने र असहमति भए विचारलाई नै बन्देज लगाउने कार्यविरुद्ध लड्नुपर्ने उनले बताए । लोकतन्त्रको सुन्दर पक्ष नै विचार अभिव्यक्तिको स्वतन्त्रता भएको उनले जिकिर गरे । सभामुख घिमिरेले पेसागत हकहितको संरक्षणका साथै आफ्नो मूल्यमान्यताका साथ अघि बढ्न महासंघलाई सुझाव दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्थाको नेतृत्वमा भइरहेको गतिविधिमा आफू सकारात्मक रहेको भन्दै उनले अब आउन सक्ने चुनौतीलाई पनि महासंघको नेतृत्वले सही ढंगले सामना गर्ने विश्वास व्यक्त गरे । 

त्यस्तै, महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको मुद्दामा महासंघ सदैव लड्ने बताइन् । विभिन्न आस्थाका आधारमा महासंघको चुनावमा प्रतिस्पर्धा गरे पनि महासंघमा आएपछि सबैलाई एकतावद्ध भएर अघि बढाउने उनको भनाइ छ ।

कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय कार्य समिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष शर्माले पदभार ग्रहण गरेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्