site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा । कास्कीको पोखरा महानगरपालिका–९ स्थित पार्वती टोलनजिकै खोचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ । हिँड्ने क्रममा अचानक खसेका उनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

बिहीबार बेलुका घटनास्थलनजिकको पार्वती टोल बस्ने ६१ वर्षीय उजीरबहादुर पुनको उद्धार गरिएको हो । उनी घरदेखि नजिकै डिँड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण शर्माले जानकारी दिए ।

उनलाई सशस्त्र प्रहरीको उद्धार टोलीले टाउकोमा सामान्य चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज नयाँबजार पठाएको समेत गणपति एसपी शर्माले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्