site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको टिप्पणी– रविको पक्राउपछि रास्वपाका नेता कार्यकर्ताले अलोकतान्त्रिक गतिविधि गरे

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले रवि लामिछाने पक्राउ परेपछि अलोकतान्त्रिक गतिविधि देखाएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्,"आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभाव रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक थिएनन् ।"

उनले अगाडि भनेका छन्, "प्रहरी अनुसन्धानलाई सघाउनुको साटो त्यसलाई 'सरकारले आफूहरूविरुद्ध खडा गरेको राजनीतिक प्रतिशोध'को मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन गर्ने, त्यस क्रममा प्रहरीमाथि हातपात गर्ने, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने काममा त्यस पार्टीका कार्यकर्ता सङ्लग्न देखिए । आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिए ।"

 

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्