site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ममी’को गीतमा प्रियंका र दीयाको नृत्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ममी’को गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्दरचना छ । समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर छ । 

गीतको भिडियोमा चलचित्रका दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्के फिचर्ड छन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।      

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समर निरौलाको डेव्यु निर्देशन रहेको ‘ममी’ले परिवारले पालेको कुकुरको निधनपछि छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि परिवारमा निम्तिने विपत्तिको श्रृंखलाको कथा पेस गर्छ ।

माघ २५ गते रिलिज हुने चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । 

समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको चलचित्रमा निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्