site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मायावी’को गीतमा कभर गर्ने उत्कृष्टलाई प्लेब्याक सिङगिङको अवसर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मायावी’को गीतमा कभर गरेर पठाउने उत्कृष्ट दुईजनाले प्लेब्याक सिङगिङको अवसर पाउने भएका छन् । 

हालसम्म सार्वजनिक भएका यो चलचित्रका गीतमा कभर गाएर पठाउनेमध्ये उत्कृष्ट दुईजनाले ‘मायावी’कै बाँकी गीत गाउन पाउने छन् । 

माघको अन्तिमसम्म कभर पठाइसक्नुपर्नेछ । फागुनको २/३ गते उत्कृष्ट कभर सिंगरले गाएको ‘मायावी’को नयाँ गीत सार्वजनिक गर्ने निर्देशक दिवाकर भट्टराईले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मेरो नजरमा नपरेको हो अथवा सिंगर नै नभएको हो थाहा छैन । तर, पछिल्लो समय प्लेब्याक सिङगिङमा मन खाने प्रतिभा खोज्दा भेटिएन,” दिवाकर बाह्रखरीसँग भन्छन्, “त्यसैले प्लेब्याक सिङगिङमा नयाँ प्रतिभा खोजौँ भनेर पनि मैले यो काम गर्न लागेको हुँ ।” 

चलचित्रको प्रचारका लागिभन्दा पनि आफूले नयाँ प्रतिभाको खोजीका लागि यो काम गर्न लागेको उनको भनाइ छ । 

“अहिले पहिलाजस्तो छैन । पैसा हुने जो पनि सिंगर हुन्छ तर पैसा नहुने प्रतिभा अवसरबाट बञ्चित भइरहेको छ,” दिवाकर अगाडि थप्छन्, “प्रतिभा र क्षमता भएर पनि अवसरबाट बञ्चित भइरहेकाहरूलाई प्लेब्याक सिंगर बनाउने मेरो चाहना हो ।” 

राम्रो प्रतिभा भेटिए आफ्ना आगामी दुईवटा चलचित्रमा गाउन अवसर दिने उनले जानकारी दिए । 

चलचित्र ‘मायावी’मा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाइँ, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्