site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय समेत गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, मन्त्रिपरिषद्ले आउँदो फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरिएको उनले बताए ।

उनले यही पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल–भारत वाणिज्यसचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको पनि जानकारी दिए ।

आउँदो माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सीएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्‌बाट गरिएको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्