site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको टुँडिखेलमा माघेसंक्रान्तिको रौनक (तस्बिरहरू)

काठमाडौं । आज देशभर माघे संक्रान्तिको रौनक चलिरहेका वेला काठमाडौंको टुँडिखेलमा पनि थारू समुदाय र मगर समुदायले माघी र मकर सक्राती पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

माघ १ गते हरेक वर्ष माघे संक्रान्तिको अवसरमा थारू समुदाय र मगर समुदायले टुँडिखेलमा हर्षोल्लासका साथ यो पर्वलाई मनाउने गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टुँडिखेलमा मगर समुदायले आ–आफ्नो भेषभूषा कला संस्कृति झल्किने पहिरन लगाएका थिए भने थारू समुदायले पनि आफ्नो समुदायले लगाउने पहिरन, गरगहनामा सजिएर आएका थिए ।

टुँडिखेलमा उल्लासका साथ मनाइएको राष्ट्रिय पर्वमा थारू समुदाय र मगर समुदायका विभिन्न परिकार पनि बेच्न राखिएको थियो । थारू समुदाय र मगर समुदायकाले समूहमा नाचगान गर्नुका साथै विभिन्न किसिमका खेलकुदका कार्यक्रम पनि आयोजना गरेका थिए ।

थारू समुदाय र मगर समुदायले माघ महिनाभर यो पर्व मनाउने गर्दछन् । आफन्त भेटघाट र खानपिन गरेर उनीहरू वर्षभरिको कामको थकाइ मेटाउने गर्छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्