site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले एमालेबाट अलग्गिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले उल्लेख गरे । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे ।

एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अल्मलिन नहुने उनको तर्क छ । सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको जिकिर गरे ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्