site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘सबै दलबीच सहमति भए संविधान संशोधन हुन्छ’
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, मानवअधिकार एलायन्सको तेस्रो वाग्मती प्रदेश सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले सबै राजनीतिक दलका बीचमा छलफल भई सहमति जुटेमा संविधान संशोधन प्रक्रिया अघि बढाइने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासचिव पोखरेलले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका विषयमा कुनै विवाद नभएको जिकिर गरे । परिस्थितिअनुसार अरू दलसँग छलफल गरी सहमतिका आधारमा संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्ने उनले उल्लेख गरे । उनले सत्तापक्षसँग प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भए पनि अरू दललाई सहमतिमा ल्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले संविधान संशोधनमा पनि राजनीतिक स्थायित्वका विषय समावेश गर्नुपर्ने भएकाले सहमतिका आधारमा अगाडि बढ्नुपर्ने मान्यता रहेको स्पष्ट पारे । एमालेले मुलुकको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै जनताकेन्द्रित काम गरिरहेको उनले बताए ।

एमालेका महासचिव पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर मात्र बलियो बनाउन सकिने बताए । “पार्टी र नेतृत्वमाथि प्रहार हुन सक्ने अवस्था आएमा नेतृत्व रक्षाका लागि सबै कार्यकर्ता, पार्टीपंक्ति दृढतापूूर्वक एकजुट भएर उभिनुपर्दछ,” उनले भने ।

मानवअधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले मुलुकमा राजनीतिक स्थायित्वका निम्ति संविधान संशोधन आवश्यक रहेको बताए । उनले सबै राजनीतिक दलहरू एकापसमा छलफल गरी सहमति र समन्वयका आधारमा संविधान संशोधन गरिनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्