site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चालाई सशक्त नबनाए देशलाई दुर्घटनामा पुर्‍याउन सक्छन् : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार र प्रमुख दुई दलका कदम प्रतिगमनतर्फ उन्मुख रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले मोर्चालाई बलियो नबनाए देश दुर्घटनामा जान सक्ने बताए ।

“प्रमुख दल र सरकार अग्रगमनको होइन, प्रतिगमनको यात्रामा छन् । सरकारका विगत ६ महिनाका कदमले त्यो पुष्टि गर्छ,” प्रचण्डले भने, “समाजवादी मोर्चालाई सशक्त बनाइएन भने देशलाई दुर्घटनामा पुर्‍याउन सक्छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रचण्डले संसद्का दुई ठूला दल मिल्नु प्राकृतिक नहुने भनेर आफूले नभई उनीहरूले नै भन्दै आएको बताए । उनले संविधान संशोधनको मुद्दा लिएर भएको एकता अप्राकृतिक भएको दोहोर्‍याए ।

उनले देशमा भइरहेको यथास्थिति र प्रतिगमन रोक्न समाजवादी मोर्चाको भूमिका हुनुपर्ने बताए । मोर्चा कम्युनिस्ट ध्रुवीकरणको आधार बन्न सक्ने पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्