site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशविरुद्ध सदनमा सशक्त रूपमा धारणा राख्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा सशक्त रूपमा धारणा राख्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशविरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा सशक्त धारणा राख्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले संसद्को चालु अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ति जनाउँदै आगामी बैठकको आकस्मिक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ । त्यस्तै, संसद्मा विचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन् ।

आगामी दिनका संसद्को बैठकका शून्य र विशेष समयमा पार्टीको एजेन्डा र जनताका आवाजलाई प्रभावकारी ढंगले उठान गर्ने निर्णय गरिएको सचेतक डाँगीले बताइन् ।

 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्