site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशबारे प्रचण्डको प्रश्न– ३५ वर्ष शासन गरेपछि विकासको गति बढाउन हतार भयो ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले जारी गरेका अध्यादेशमा गम्भीर प्रश्न उठाएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले संसद्‌बाट १० दिनमा पारित हुन सक्ने विधेयकलाई ६० दिनमा पारित गर्नुपर्ने अध्यादेश ल्याएर सरकारले विकासको गति बढाउन खोजेको भनेर भ्रम छरेको आरोप लगाए ।

“पछिल्लो ३५ वर्षमा कांगेसले १२ पटक र एमालेले सातपटक प्रधानमन्त्री चलाएको छ । ३५ वर्षसम्म शासन गरिसकेपछि अहिले आएर अब विकास ढिलो हुन्छ भनेर थाहा पाउनुभयो ?,” प्रचण्डले प्रश्न गरे, “सय मुसा खाएपछि बिरालो हज गर्न गयो भनेजस्तो तपाईंहरू पनि हाजी बन्न लाग्नुभएको हो ?”

उनले अध्यादेश जारी गर्नु संसद्को अपमान भएको बताए । “यो तपाईंहरूको हामी प्रतिपक्षीहरूको डरमात्र होइन, सत्तापक्षकै सांसदहरूमाथि गरिएको गम्भीर अविश्वास हो,” अध्यादेश जारी गरेको विषयमा प्रचण्डले भने, “फास्ट ट्र्याकमा पारित गर्दा संसद्ले १० दिनमा विधेयक पारित गर्न सक्छ, जबकि अध्यादेशले ६० दिन माग गर्छ । संसद् र सांसद छलेर तपाइईंरूले विधेयक ल्याउनुको नियत ठिक छ ?”

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्