site stats
बाह्रखरी :: Baahrakhari
कला
‘फेरि रेशम फिलिली’को टिजरमा युवाको अमेरिका मोह

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अमेरिका जान एक युवाले गर्ने संघर्ष छ । 

टिजरले युवा पुस्तामा रहेको अमेरिका मोह, सन्तान अमेरिका नउड्दै उसको परिवारले समाजमा देखाउने रवाफ, प्रेम र बदलाको कथा समेटेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फागुन १४ गतेबाट रिलिज हुने चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायतको अभिनय छ ।

सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका छन् । कथा पनि उनले नै लेखेका हुन् ।

सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ । सुरेन्द्र पौडेलले चलचित्रको सम्पादन गरेका छन् ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सह–निर्मातामा एनि थापा छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्