site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको रबैयालाई संसद्को समर्थन : डीपी अर्याल 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डोलप्रसाद (डीपी) अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले यसको मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए ।

“सरकारले प्रतिशोध त साध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ,” उनले भने, “एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य यो सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।”

उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । “थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्र्र्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सम्माननीय सभामुख महोदयसँग माग गर्दछु,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्