site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्