site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद् अधिवेशनको संघारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

समितिमा छलफल भइरहेको विधेयक समेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरू समेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताए । ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विधार्थीमाथि भएको घटनाप्रति सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्