site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले बोलायो सचिवालय बैठक, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । बैठकमा समसामयिक विषय र पार्टीका गतिविधिमाथि छलफल हुनेछ ।  

नियमावली र कार्यविधिहरू (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्‍याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिउँसो २ बजे बस्ने बैठकमा सर्वांगीण सम्वाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका विषयमा पनि छलफल हुनेछ । 

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्