site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभामा आइतबारको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी गरिएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐन स्वच्छ वातावरण बनाउन र मानव जीवनलाई स्वच्छ वातावरणमा लैजान मद्दत गर्ने बताएका छन् । उनले वनमा देखिएका समस्यालाई समाधान गर्न नै यो ऐनलाई संशोधन गरेको प्रस्ट पार्दै पर्यापर्यटन, जलाशय, जलको मुहान, सिमसार क्षेत्रलाई संरक्षण संवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

मन्त्री मण्डलले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि विचार गरियोस् भनी गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भई विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भयो । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु विनोद राई, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ, रामप्रसाद महतो र कमला दर्नालले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्