site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तत्काल कसैसँग पार्टी एकीकरण सम्भव छैन : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । मंगलबार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको उनले उल्लेख गरे । “तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन,” उनले भने, “तत्काल त्यो अवस्था आएकै छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले एजेन्डाका आधारमा कार्यगत एकता गर्न सकिने बताए । राष्ट्रियतामाथि खतरा बढेका कारण कार्यगत एकता गर्न सकिने उनको भनाइ थियो ।

“कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ,” उनले भने, “जस्तो, आज राष्ट्रियतामाथि खतरा बढेको छ, सबै वामपन्थीहरू मात्र होइन, अरू पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् ? चुच्चे नक्सा नेपालले बनायो, त्यसलाई कार्यान्वयन गरियोस् भनेर हामी उभिन सक्दैनौँ ?”

चुच्चे नक्साको कार्यान्वयनजस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्