site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूमि अध्यादेशबाट किन पछि हट्यो सरकार ? 

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बुधबार सरकारले जारी गरेका ६ मध्ये पाँच अध्यादेशमात्रै प्रस्तुत हुने भएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको हो । 

भूमिसम्बन्धी अध्यादेशमा सहमति खोज्नका लागि भन्दै सरकारले पाँचवटा अध्यादेश मात्रै सदनमा प्रस्तुत गर्न लागेको हो । कार्यव्यवस्था परामर्श बैठकपछि एमाले मुख्य सचेतक महेश बर्तौलाले पाँच अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखिएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भूमिसम्बन्धी अध्यादेशमा सत्तासाझेदार दलका बीचमा केही फरक मत आएकाले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने वा नयाँ विधेयकमार्फत अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेकाले अहिले संसद्मा प्रस्तुत नगर्ने निर्णयमा पुगिएको उनले बताए । बर्तौलाले अध्यादेशका विषयमा सत्ता साझेदारबीच उच्चतहमा समझदारी रहेको दाबी गरे । 

त्यस्तै, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरले भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर विषयवस्तुमा छलफल गरिने र आवश्यक निर्णय लिइने जानकारी दिए । जसपा नेपाललगायत सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार नै पाँच अध्यादेशमात्रै प्रस्तुत गर्ने निर्णयमा पुगिएको उनले बताए । 

कांग्रेस र नेकपा आफ्ना सांसदलाई अध्यादेश स्वीकृतिका निम्ति बुधबार बस्ने संसद्को बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन् । 

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्