site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाबुरामको टिप्पणी : कम्युनिस्ट भनेर कार्यकर्ता र समाजवादी भनेर जनता ठग्नु भएन
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले केही पुराना कम्युनिस्ट घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई समाजवादी मोर्चा भन्ने गरेको बताएका छन् । सामाजिक सञ्जालमा शुक्रबार पोष्ट गर्दै कम्युनिस्ट भन्न लाज लागेको भए र समाजवादी भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै समाजवादी राख्न सुझाव दिए ।

"कम्युनिस्ट भनेर कार्यकर्तालाई ठग्ने, अनि समाजवादी भनेर जनतालाई ठग्ने दोहोरो चाल हो ? यसरी दुईवटा डुंगामा खुट्टा राखेर कता पुगिएला ?," उनले प्रश्न गर्दै भने, यो भयांकर वैचारिक र नैतिक विचलन हो । यसको सट्टा विगतका कम्युनिस्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर–पुँजीवादी र उत्तर–साम्यवादी वैचारिक–राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि ?"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसका निम्ति सार्थक बहस हेतु नेसपा (नयाँ शक्ति)को हालै सम्पन्न प्रथम महाधिवेशनद्वारा पारित दस्ताबेज नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधारबाट उद्धृत अंश समुन्नत समाजवादको वैचारिक–राजनीतिक मार्ग निर्देशन समेत उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्